Logo

पियोर इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्यो, १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने ?

पियोर इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्यो, १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने ?



काठमाडाैं । पियोर इनर्जीले आज चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुलाएकाे छ । कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएकाे हाे ।

यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ न्यूनतम् १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिसकेको छ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेकाे हाे ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्