Logo

पहिरोका कारण अरनिको र जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण अरनिको र जयपृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।

प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ। पहिरोका कारण आवतजावत अवरुद्ध छ । यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ। पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ। यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ। विहान ७ बजेदेखि गाडी प्रहरीले उता पठाएको छैन।

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

यस्तै बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार साँझ भएको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । ठाउँठाउँमा खसेको पहिरो पन्छाउन जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।

प्रतिक्रिया दिनुहोस्