काठमाडौं । प्रदूषणले हायलकायल भएको काठमाडौं केही क्षेत्रमा भारीमात्रामा बर्षा भएको छ । लामो समयपछि काठमाडौं उपत्यकामा बुधवार दिउँसो देखि वर्षा भइरहेको छ।
काठमाडौंको एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका स्थानमा वर्षा भइरहेको छ।
बुधवार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो वर्षा भोलिसम्म कायम रहनेछ ।