Logo

पाणिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गरिनेछ: प्रधानमन्त्री

पाणिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गरिनेछ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताएका छन् ।

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताएका हुन् ।

विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्