Logo

सान्भि इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने, कसले दिन सक्छन् आवेदन ?

सान्भि इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने, कसले दिन सक्छन् आवेदन ?



काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावितका लागि निष्काशन गरिएको सेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिँदा घटीमा १० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसमा आवेदन दिने अन्तिम मिति वैशाख १९ गतेसम्म रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । यसपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्