काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार बजारमा चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।