काठमाडौं । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।
नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ ।
चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुनेछ ।