काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउनेछन् ।
बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।
‘खुसीको मिटर’ केवल एक प्रचारको लागि अफर मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो,’ बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने । ‘नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभइ किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं ।’ यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।