काठमाडौं । सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ । ती निर्णयहरू मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरिएको छ भने बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको छ।
साथै, मन्त्रिपरिषद्ले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। सरकारको पछिल्लो निर्णय सूचीमा प्रशासनिक सरुवा, पदस्थापन र संवेदनशील क्षेत्रमा नेतृत्व परिवर्तनसँग सम्बन्धित विषयहरू समेटिएका छन्।