Logo

आगामी आवको बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव, यी हुन् पठाउन सकिने माध्यम

आगामी आवको बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव, यी हुन् पठाउन सकिने माध्यम



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट र विभिन्न कार्यक्रमका लागि सर्वसाधारणसँग सुझाव माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सबैलाई आफ्ना सुझाव दिन आह्वान गरेको हो।

सूचनामा भनिएको छ, ‘नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तयार गर्न लागेको छ। यसका लागि सर्वसाधारण, विज्ञ, मन्त्रालय, निकाय, स्थानीय तह, सङ्घसंस्था, निजी क्षेत्र, राजनीतिक दल, व्यवसायी, समुदाय, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत र आम नागरिकसँग सुझाव मागिएको छ।’

सुझाव दिन चाहनेले अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा गएर बजेट सुझाव मार्फत आफ्ना विचार राख्न सक्नेछन्। त्यस्तै, इमेल ठेगाना [email protected]मा पनि सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले सबैको सुझावलाई गम्भीरतापूर्वक लिई बजेट र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। यो कदमले बजेट निर्माणमा जनसहभागिता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्