Logo

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्