Logo

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँ घटेको छ । यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८७० मा कारोबार भएको चाँदी आज १८०० रुपैयाँमा झरेको छ । गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय रुपैयाँमा झरेको छ । गएको शुक्रबार चाँदीको मूल्य एक हजार नौसय ७० रुपैयाँ थियो । गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्