Logo

भूकम्प पीडितलाई पुनःकर्जाको व्यवस्था गर्न आग्रह, स्वदेशी वस्तुको प्रयोगमा बढवा दिन माग

भूकम्प पीडितलाई पुनःकर्जाको व्यवस्था गर्न आग्रह, स्वदेशी वस्तुको प्रयोगमा बढवा दिन माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । उद्योगीहरुलाई उनीहरुको माग र उद्योगको क्षमता अनुसार पुनःकर्जाको व्यवस्थाका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकार समक्ष आग्रह गरेको छ । सरकारद्वारा जारी पुनःउद्दार कर्जा कोष कार्यविधि अनुसार भूकम्प र नाकाबन्दी पीडित उद्योगीलाई पुन कर्जाको व्यवस्था गर्न आग्रह गरेको हो ।

महासंघको नवलपरासीको अमलटारीमा बसेको केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त विस्तारित बैठकबाट घोषणापत्र जारी गर्दै सो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले ४६ जिल्लामा लागु गरिएको महिला उद्यमशीलता विकास कोषबाट दिने गरिएको सहुलियतपूर्ण कर्जाको पाँच लाखको सिमासम्म भएको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न पनि माग गरे ।

त्यस्तै सरकारद्वारा जारी सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धि निर्देशिका कडाईका साथ लागू गराउन सरकारसँग माग गर्दै ७५ वटै जिल्लामा अभियान चलाउन लागिएको जानकारी उनले दिए । स्वदेशी वस्तुको उपयोगलाई बढावा दिदै आत्मनिर्भरता तर्फको अभियानलाई अगाडी बढाउन जोड दिइएको हो ।

पम्परागत र कम उत्पादकत्व भएको प्रविधिलाई विस्थापित गर्दै लघु घरेलु तथा साना उद्योगहरुको क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न र यस क्षेत्रमा भएको खोज र अनुसन्धानलाई समेट्दै २०७४ को वैशाखमा प्रविधि प्रद्वर्शनी आयोजना गर्ने घोषणापत्रमा उल्लेख छ ।

सरकारी निकायहरुले जिल्ला तहमा लघु घरेलु तथा साना उद्योगको प्रवद्र्वनका लागि सञ्चालन गर्ने कार्यक्रमहरु जानकारी दिन र यस सम्बन्धि बहस पैरवी चलाउन महासंघले ७५ रै जिल्लामा सार्वजनिक नीजि सम्वाद सञ्चालन गर्ने पनि घोषणा गरेको छ ।

त्यस्तै भर्खरै जारी औद्योगिक व्यवसाय ऐनले साना उद्योगको पूँजी सीमा तीन करोडबाट १० करोड पुर्याएको सन्दर्भमा यस पूँजी सीमामा पर्ने उद्योगलाई सदस्यता विस्तार गर्ने छ । महासंघको आन्तरिक सांगठानिक जीवनलाई पुनःपरिभाषित गर्दै व्यवस्थित गर्ने अभिायन चलाउने घोषणापत्रमा उल्लेख छ ।

उद्योगहरुको तथ्याङ्क परम्परागत ढंगबाट राखिएको हुँदा यसलाई उच्चस्तरको डिजिटल प्रविधि प्रयोगगरी अद्यावधिक गर्न महासंघ आफैले अभिायन चलाउने भएको छ । यस महासंघका उद्यमी व्यवसायीहरुलाई डिजिटल लिङ्केजमा आवद्व गर्ने घोषणा गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्