Logo

चन्द्रागिरी हिल्सको विशेष अफर, १०८ रुपैयाँमै केवलकारको टिकट

चन्द्रागिरी हिल्सको विशेष अफर, १०८ रुपैयाँमै केवलकारको टिकट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रागिरी केवलकारले भालेश्वर महादेवको दर्शन गर्न जाने भक्तजनहरुको लागि विशेष अफर ल्याएको छ । केवलकारले माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने भएकाले सोही दिन बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीका लागि केवलकारको टिकटमा विशेष छुटको व्यवस्था गरेको हो ।

चन्द्रागिरि हिल्सका अनुसार माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १ सय ८ जनाले १०८ रुपैयाँमै केवलकारको टिकट पाउनेछन् । सो योजना अन्तरगत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् । उक्त टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्रै पाइनेछ । यसरी छुटमा लिइएको टिकट सोहि दिनका लागि मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ ।

चन्द्रागिरि केवलकार गत साउन २४ गतेबाट व्यवसायीक रुपकम संचालनमा आएकोमा हालसम्म २ लाख ८९ हजार ४ सय १५ जनाले केबरकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गरिसकेका छन् । सो केवलकारलाई अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तरराष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई ‘बेष्ट न्यू डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्