Logo

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हाल नियुक्त हितेन्द्रदेव शाक्यले दायर गरेका छुट्टाछुट्टै रिटमा मंगलबार सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो।

तर, सुनुवाइ नसकिएकाले दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ। यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि पेशी तोकिएको थियो, तर सुनुवाइ हुन सकेको थिएन।

पूर्वनिर्देशक घिसिङले आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफ्नो पदस्थापनालाई स्थगित गर्न अन्तरिम आदेशको माग गरेका छन्।

यसैबीच, हालका कार्यकारी निर्देशक शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङलाई नियुक्त गरिएको प्रक्रिया नै अवैधानिक भएको दाबी गर्दै त्यसबेलै रिट दायर गरेका थिए। उक्त रिटमा निर्णय नभई चार वर्ष बितेपछि उनले हाल कुलमान घिसिङको निवेदनमाथि सुनुवाइ हुन नपाउने दाबी गर्दै नयाँ रिट दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्