Logo

बिमस्टेक शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

बिमस्टेक शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। यस भ्रमणका क्रममा उनले थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातसँग मैत्रीपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री हुन्। उनी थाइल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा गएका हुन्। यो भ्रमणले नेपाल(थाइल्यान्ड सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्