Logo

घट्यो डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य, ग्यासको मूल्य भने यथावत

घट्यो डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य, ग्यासको मूल्य भने यथावत



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्