Logo

हुलदंगाका कारण भएका क्षतिको बिमा दाबी शीघ्र फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन

हुलदंगाका कारण भएका क्षतिको बिमा दाबी शीघ्र फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन



काठमाडौँ । नेपाल बिमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदंगाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आइतबार सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघु बिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ । हुलदंगाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिंकमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न निर्जीवन बिमा कम्पनी र निर्जीवन लघु बिमा कम्पनीलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्