पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१मा अन्नपूर्णकर्मी ममता थापालाई पत्रकारीता पुरस्कारबाट सम्मान गरेको छ । पोखरामा आयोजीत वार्षिक साधारण सभाको औपचारिक उद्घाटगर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार (चैत्र १६गते) बरिष्ठ संवाददाता थापालाई नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् । यससँगै, महासंघका अध्यक्ष अर्जुन रसाईली र वरिष्ठ उपाध्यक्ष एवं मूल समारोह समिति संयोजक दिवेश रत्न शाक्यले क्रमशः दोसल्ला ओडाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेका छन् । यसअघि यहि चैत्र १३ गते राष्ट्रिय डिजिटल मिडिया खोज पत्रकारीता अवार्ड–२०८१बाट सम्मानीत भएकि थिइन ।
सम्मानपत्रमा भनिएको छ, ‘नेपालको कला, संस्कृति र आर्थिक पक्षसँग अभिन्न रुपमा जोडिएको सुनचाँदी व्यवसायको बहुआयामिक पक्षको उजागर गर्दै यसको वृद्धि एवं विकासको लागि यहाँ र यहाँको सञ्चार माध्यमले पुरÞ्याएको योगदानको उच्च कदर गर्दै १२औं वार्षिक साधारण सभाको पुनीत अवसरमा यहाँलाई यो सम्मान पत्र प्रदान गरिएको छ । साथै आगामी दिनमा पनि सुनचाँदी व्यवसाय एवं यसका उपभोक्ताको सर्वोपरी हितको लागि सूचना सप्रेषण एवं लेखनको माध्यमबाट यहाँको अर्थपूर्ण भूमिका रहनेमा विश्वस्त हुँदै तपाईको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’
अन्नपूर्णकर्मी थापासँगै गण्डकी प्रदेशबाट पत्रकार दिपेन्द्र श्रेष्ठलाई पत्रकारतिा पुरस्कार प्रदान गरिएको छ । दुई पत्रकारसँगै महासंघमा आवद्ध भएका सुनचाँदी व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । उक्त सभामा महासंघको तर्फबाट प्रकाशित स्मारिका समेत विमोचन ग¥यो । यसैक्रममा सञ्चारमन्त्री सुब्बाल राज्यको तर्फबाट सुनचाँदी व्यवसायीलाई सुरक्षा व्यवस्थादेखी सुनचाादीको आयात र निर्यात लगायतमा नयाँ नीतिगत व्यवस्थाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।यस्तै, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष रसाइलीले कच्चापदार्थको मूल्यले प्रत्येक दिन थप नयाँ रेकर्ड बनाउँदै आकासिएको जनाउदै उनले दैनिक सुनको कोटा बढाएर ४० किलोसम्म पु¥याउन अनुरोध गरे । उनले विश्वव्यापी आर्थिक मन्दीको प्रभाव नेपाली सुनचांदी क्षेत्रमा पनि नराम्रोसँग परेको बताए ।
यस्तै सभामा हालसम्मका उपलब्धिहरू, आगामी योजना र सुनचाँदी व्यवसायका विभिन्न आयामबारे गहन छलफल तथा विचार विमर्श भएको थियो । उक्त सभा महासंघमा ८० जिल्ला÷नगर, १ वस्तुगत संघ र २२ वटा एशोसिएट सदस्हरु सहित अतिथिहरु, पर्यवेक्षकहरु एवं सदस्यहरु समेत करिव ७ सय जनाको सहभागीता रहेको थियो ।
साधारण सभाको अवसरमा नेपाल सरकारका मन्त्रीहरु, सभाषद्हरु, नेपाल सरकारका सचिवहरु, विभिन्न सरकारी निकायका महानिर्देशकहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपााल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमूखहरु, स्थानियस्तरमा रहेका विभिन्न सरकारी निकायका प्रमूखज्यरुहरु, लगायतका अतिथिरुको सहभागिता रहेको थियो ।