Logo

पौने ५ करोड अबैध बिदेशी मुद्रा सहित चिनियाँ नागरिक पक्राउ, किन बढ्दै छ अबैध कारोवार ?

पौने ५ करोड अबैध बिदेशी मुद्रा सहित चिनियाँ नागरिक पक्राउ, किन बढ्दै छ अबैध कारोवार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रहरीले अबैध विदेशी मुद्रा सहित चिनियाँ नगरिक पक्राउ गरेको छ । प्रहरीले अबैध विदेशी मुद्रा ओसार पसारमा प्रयोग भएको बा.१ य १२३२ नम्बरको स्कर्पियो गाडी सहित चिनियाँ नागरिक पक्राउ गरेको हो ।

प्रहरीले सो गाडीका चालक पेम्बा तामाङ सहित चिनियाँ नगरिकहरु चाङ तोङ फाङ, चौ स्लिडयन, चाउ लियाङ फङलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको प्रहरी टोलीले शनिबार नागढुंगामा शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध विदेशी मुद्रा कारोवारीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथमा रहेको हेण्ड ब्याग तथा सुटकेशमा लुकाएर ल्याएको कुल ४ करोड ७१ लाख १३ हजार रुपैयाँ बरावर नेपाली मुद्रा बरामद गरेको हो । जसमा २ लाख ७४ हजार १ सय ५१ अमेरिकी डलर, १ लाख २८ हजार ८ सय ५० यूरो, ४ हजार ६ सय ५० अष्ट्रेलियन डलर, २ हजार ५ सय क्यानेडियन डलर बरामद गरेको हो ।

यसैगरी, जापानी येन २२ लाख ८ हजार, चिनियाँ युयान ३ हजार १ सय ७२, स्वीस फ्रयांक २ हजार र हङकङ डलर ३० बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले केही समययता सुन तस्करीलाई समाइरहेको बेला हाल अबैध बिदेशी मुद्रा कारोवारीलाई पनि पक्राउ गरेको हो । पछिल्लो समय नेपाल सुन तथा विदेशी मुद्रा तस्करहरुको अखडा बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL