Logo

राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमा भएको तोडफोड र आगजनीमा इम्सनको घोर भर्त्सना, कडा कानूनी दायरामा ल्याउन माग

राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमा भएको तोडफोड र आगजनीमा इम्सनको घोर भर्त्सना, कडा कानूनी दायरामा ल्याउन माग



काठमाडौं । राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमाथि भएको तोडफोड र आगजनीप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले घोर भर्त्सना गरेको छ । शनिबार इम्सनका अध्यक्ष रामराजा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नहरुलाएई कानूनी दायरामा ल्याउन माग गरेका हुन् ।

ब्यवस्था बदल्ने नाममा चैत्र १५ गते राजधानीको तिनकुने क्षेत्रमा राजावादी समुहको नाममा आयोजना गरिएको प्रदर्शन हिंसात्मक बन्दा भएको जनधनको क्षति प्रति इम्सनले दुस्ख व्यक्त गरेको छ । ‘शान्तिपूर्ण प्रदर्शनको हवला दिदै आन्दोलनकारीहरुले अराजक गतिविधि गर्दै हिंसात्मक अवस्था श्रृजना गरि एक युवा र एक श्रमजीवी पत्रकारको ज्यान जाने अवस्था उत्पन्न गराउने तथा संचार गृह, पार्टी कार्यालय, नागरिकका घर, ब्यवसायीक भवन,सवारी साधन लगाएतमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा सम्लग्नहरुलाई तत्काल पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याउन पनि इम्सन जोडदार माग गर्दछ’, विज्ञप्तिमा छ ।

शुक्रबार राजावादीको आन्ज्दोलनका क्रममा भएको हिंसात्मक घट्नाका क्रममा किर्तिपुर निवासी एक युवकको ज्यान गएको छ भने एभिन्युज खबर टिभिका पत्रकार सुरेश रजकको ज्यान गएको छ । केही निजी निवासमा आगजनी र तोडफोड तथा लुटपाट भएको छ । कान्तिपुर टिभी र अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड भएको छ, त्यस्तै राजनीतिक पार्टीको कार्यालयमा आगजनीका साथै भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाईएको छ । शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याईएको हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न नसकिन्नने इमसनले जनाएको छ।

‘लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रुपले राख्न पाइन्छ तर राजनीतिको रोटि सेक्ने नाममा हिंसा निम्त्याउने, नागरिकको ज्यान जाने अवस्था ल्याउने, निजी सम्पत्ति र ब्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाट गर्ने लगाएतका गतिविधि किमार्थ स्विकार्य छैनन् । र यस्ता गतिविधिमा सम्लग्नहरु माथी तत्काल छानविन गरी कडा भन्दा कडा कानुनी कार्वाहीको दायरामा ल्याई उद्योगी व्यवसायी लगायत आम जनमानसमा कानुनी राजको प्रत्याभूती दिलाउन अनुरोध गर्दछौं’अध्यक्ष श्रेष्ठद्धरा जारी विज्ञपितमा छ ।

प्रतिक्रिया दिनुहोस्