काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआईं) ले राजावादी आन्दोलनमा भएको लुटपाट र निजी सम्पत्ति तोडफोडको निन्दा गर्दै उचित क्षतिपूर्तिको माग गरेको छ ।
महासंघले शनिवार विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी हुने गरेका आन्दोलन र प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको जनाएको छ ।
यही चैत १५ गते उक्त स्थानमा भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै एफएनसिसिआईले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट क्षति भएकामा त्यसको भत्र्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ ।
“संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासङ्घ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासङ्घ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ,” महासङ्घले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।