काठमाडौं । गृह मन्त्रालयले आजको हिंसात्मक आन्दोलनको जिम्मेवार स्वयं आयोजक समुह रहेको बताएको छ । शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले दुर्गा प्रसाईँ नेतृत्वको राजावादी समुहले मच्चाएको विध्वंसात्मक गतिविधिहरुको जिम्मेवारी उनिहरुले नै लिनुपर्ने बताएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै व्यक्तिका निजी सम्पत्ति, अस्पताल, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायात साधनहरुमाथि भएको तोडफोड र आगलागी अमानवीय एवं अमर्यादित घटनाहरु गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेको बताएको छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण जिम्मेवारी हुने जानकारी दिएको छ ।
यस्ता गतिविधि गर्ने जोकोहीलाई पनि सरकारले काुननी कठघरामा उभ्याउन सरकार प्रतिवद्ध रहेको पनि बताएको छ । यस प्रकारका अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुने आम नागरिकलाई गृहले आग्रहसमेत गरेको छ ।
