Logo

सक्षम र महिला सहयात्रावीच सहकार्य, रोल्पाको थवाङमा एकिकृत शाखा स्थापना

सक्षम र महिला सहयात्रावीच सहकार्य, रोल्पाको थवाङमा एकिकृत शाखा स्थापना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युकेएआइडी सक्षम र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाले रोल्पाको थवाङमा नयाँ शाखा स्थापना गरेको छ । सक्षम र सहयात्राले सिमान्तकृति समुदायमा वित्तिय पहुँच पुर्याउने उद्देश्यसहित सहकार्य शुरु गरेको हो । जसबाट रुकुम, रोल्पा,सल्यान र सुर्खेत जिल्लाका जनतालाई फाइदा पुग्ने बताइएको छ ।

सो शाखाको सक्षमका एक्सेस टु फाइनान्स प्रोग्रामका टिम लिडर वलजित बोहोरा र महिला सहयात्राका कार्यकारी निर्देशक सुमित्रा मानन्धर गुरुङले संयुक्त रुपमा उद्दघाटन गरे । सहकार्य पश्चात महिलाका लागि स्पेशलली डिजाइन्ड माइक्रो ,स्मल एण्ड मिडियम इन्टरप्राइज(एमएसएमइ) र २५ ओटा गाविसका जनताहरुलाई लक्षित गर्दै थद्ध ४ शाखा स्थापना गर्ने बताइएको छ ।

सो अवसरमा टिम लिडर बोहराले महिला सहयात्रासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । साथै सो सहकार्यबाट सिमान्तकृत समुदाय लाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा सिइओ गुरुङले आफुहरुले ग्रामिण भेगमा वित्तिय सेवाका लागि टेवा पुर्याइरहेको जानकारी दिइन् ।

साथै सहकार्यले पिछडिएका महिलाहरुलाई समेत वित्तिय पहुँच पुर्याउन सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्