काठमाडौं । तिनकुनेमा अराजकतावादी क्रियाकलाप गरेका दुर्गा प्रसाईँ नेतृत्वका राजावादी आन्दोलनकारीहरुले कोटेश्वरको भाटभटेनीमा लुटपाट मच्चाएका छन् ।
तिनकुनेमा अराजक गतिविधि गरेका उनिहरुले घरहरु तोडफोड तथा आगजनी गरेका थिए । त्यसपछि उनिहरु कोटेश्वरस्थित भाटभटेनीमा पुगेका थिए । हजारौंको संख्यामा भाटभटेनीमा पुगेका उनीहरुले तोडफोडसँगै कराेडाैं बराबरकाे सामान उठाउने काम गरेका हुन् । उनिहरु पछिल्लो समय झन उग्र र अराजक बन्दै गएपछि प्रहरीले तीनकुने क्षेत्रमा कर्फ्यु लागू गरेकाे छ ।