Logo

वाडा अटो शोमा बीवाइडीको उत्कृष्ट अफर : २० प्रतिशत डाउनपेमेन्टमै गाडी

वाडा अटो शोमा बीवाइडीको उत्कृष्ट अफर : २० प्रतिशत डाउनपेमेन्टमै गाडी



काठमाडौं । पोखरामा जारी वाडा अटो शो २०२५ मा बीवाईडीले आफ्नो अत्याधुनिक इलेक्ट्रिक सवारीसाधनहरू प्रदर्शन गर्दै विशेष अफर ल्याएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले फागुन १४ देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना भएको अटो शोमा सहभागिता जनाएको हो।

बीवाईडीले दिगो यातायात समाधानको अवधारणासहित बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी तीन मोडल प्रस्तुत गरेको छ। सुरक्षित तथा स्मार्ट फेमिली कारको रूपमा परिचित बीवाईडी डल्फिन अत्याधुनिक प्रविधि र सहज सिटी ड्राइभिङ अनुभवका कारण लोकप्रिय छ। नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रूपमा बीवाईडी एट्टो ३ लामो दुरीका यात्राका लागि उपयुक्त छ भने, नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभी बीवाईडी एम६ लक्जरी र फराकिलो स्पेसको कारण आकर्षणको केन्द्र बनेको छ।

अटो शोमा बीवाईडीले सीमित अवधिको लागि विशेष अफरसमेत ल्याएको छ। यसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्षको निःशुल्क इन्स्योरेन्स, १ वर्षको रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा होम चार्जर उपलब्ध गराइने छ।

नेपालभर विद्युतीय सवारीको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा बीवाईडीले पोखरा र पश्चिमाञ्चल क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने योजना लिएको छ। वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरूले बीवाईडीका ईभी तथा नवीनतम प्रविधिहरूको जानकारी लिन सक्नेछन्।

विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल ब्रान्डको रूपमा बीवाईडीले नेपालमा दिगो यातायातलाई प्रवर्द्धन गर्दै उत्कृष्ट प्रदर्शन, सुरक्षा र विश्वसनीयता प्रदान गर्न प्रतिबद्ध छ। अटो शोमा बीवाईडीको स्टल भ्रमण गरी विद्युतीय सवारीसाधनको नयाँ अनुभव लिने र विशेष अफरको फाइदा उठाउने अवसर नछुटाउन सबैलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्