काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर तोकिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले आफुलाई आन्दोलन गर्न नदिएको बताएका छन् । राजावादीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौ.ले तिनकुने चोकलाई तोकेको थियो । तर, प्रहरीको सुरक्षा घेरालाई तोड्दै उनिहरुले सिमा घेरा तोड्न खोजेपछि आन्दोलन हिंस्रक बनेको थियो ।
तर, त्यहि कुरालाई उनले सरकारले आफ्नो कार्यक्रम गर्न नदिएको आरोप लगाएका छन् । उनले भनेका छन् । ‘साथीहरु आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपुर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्यो, लाठीचार्ज गर्यो अझै तिनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन ।’
उनले ‘मैले सुन्दैछु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तीको सास फेर्नेछ ।’ भने ।
‘प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’
