Logo

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको असामयिक निधन

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको असामयिक निधन



काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ।

दिर्घकालीन मृगौला समस्याबाट ग्रसित पौडेलको बिहीबार बिहान काठमाण्डौंस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पछिल्लो समय मृगौलामा जटिलता देखिएपछि भारतमा प्रत्यारोपण गरिए पनि सफल हुन नसकेको र त्यसकै कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

अनलाइन सेक्युरिटिज ब्रोकर नम्बर ४९ का रुपमा सेयर कारोबारमा क्रियाशील रहँदै आएको छ। सेयर बजारमा पौडेल मृदुभाषी र मिलनसार व्यक्तित्वका रुपमा चिनिन्थे।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This