Logo

लगानी कोषको मोवाइल एप शुभारम्भ, कोषको गतिविधी हातबाटै जानकारी

लगानी कोषको मोवाइल एप शुभारम्भ, कोषको गतिविधी हातबाटै जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सूरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सो अवसरमा उनले यसले सेवाग्रहीको समय बचत र प्रशाशनिक झन्भट हटाएको बताए । साथै कोषका सेवाग्रहीले सचेत भएर एप्सको अधिक प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्माले कोष सेवाग्रहीको सुझाव अनुसार चल्ने संस्था भएको जिकिर गरे । उनले भने, ‘सेवा ग्राही जति चनाखो भएर लाग्छन, हामी त्यतिकै चनाखौ हुन्छौ ’। त्यसैगरी पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक खगराज बरालले सूचना प्रबिधिको बर्तमान अवस्थामा कोषले आफुलाई पनि सोही रुपमा अघि बढानु सकारात्मक कार्य भएको धारणा राखे ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले यो भन्दा अघि सिआइटी एसएमएस सेवा सुरु गरीसकेको जानकारी दिए । साथै सिआटी मोवाइल एपको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफनो मोवाइलबाटै सबै जानकारी लिन सकिने धारणा राखे । कोषले आफनो सेवालाई सूचना मैत्री बनाउदै लगेको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाई थियो ।

कोषका सूचना अधिकृत उद्धव सिलवालका अनुसार कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमालगायत सो एप मार्फत हेर्न मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्