काठमाडौं । प्रतिनिधि सभाको बैठक पनि बिहीबार दिउँसो २ बजेलाई सरेको छ । प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई तय भएको थियो । तर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले प्रक्रिया पुर्याएर कर्मचारी हटाएको जबाफ सदनमा नदिने अडान राखेपछि बैठक चल्न नसकेको हो । सदन चलाउने विषयमा सभामुख देवराज घिमिरे छलफलमै छन् ।
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले राष्ट्रिय सभा बैठक आज पनि चल्न दिएनन् । विपक्षी दलहरूको अवरोधको कारण राष्ट्रिय सभा बैठक एक घण्टा स्थगित भएको छ ।