Logo

तरलता समस्या समाधान गर्न अर्थले निकासा गर्यो १३ अर्ब, कस्तो पर्ला असर !

तरलता समस्या समाधान गर्न अर्थले निकासा गर्यो १३ अर्ब, कस्तो पर्ला असर !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा देखिएको तरलता समस्या समाधानका लागि अर्थ मन्त्रालयले १३ अर्ब रुपैयाँ निकासा गरेको छ । बजारमा बढ्दै गएको तरलता समस्यालाई केही हदसम्म सम्बोधन गर्न एड्भान्स पेन्सन स्वरुप बजारमा १३ अर्ब रुपैयाँ पठाइएको अर्थ मन्त्रालयका बजेट महाशाखाका प्रमुख मधु मरासिनीले बताए ।

मसासिनीका अनुसार अर्थले सरकारी बैंकमार्फत बजारमा उक्त रकम पठाएको हो । ‘आफुहरुले सोझै निजी बैंकमा पठाउन नमिल्ने भएकाले सरकारी ढुकुटीमा रहेको सो रकम सरकारी बैंकमार्फत पठाएका हौं,’ उनले भने, ‘उक्त रकम सरकारी बैंकमार्फत अन्य निजी बैंकले परिचालन गर्न सक्नेछन् ।’

हाल सरकारले पेन्सनको एडभान्स स्वरुप रकम निकासा गरेको र सो रकम सम्बन्धित व्यक्तिको हातमा नभई बैंकहरुले चलाउन पाउने उनको उनले जानकारी दिए । अर्थले दुई पटक गरी १३ अर्ब रुपैयाँ बजारमा पठाएको हो । पेन्सन वापतको सो रकम सरकारी ढुकुटीमा त्यतिकै राख्नुभन्दा अहिलेको समस्या समाधान गर्न एडभान्स स्वरुप निकासा दिइएको हो ।

तत्कालका लागि बजारमा १३ अर्ब रुपैयाँ आएमा हाल देखिएको तरलता समस्या सम्बोधन गर्न केही हदसम्म सहयोग पुग्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । ‘सर्वप्रथम सरकारी बैंकले सो रकमलाई कसरी निजी बैंकलाई दिन्छन भन्ने हो,’ उनले भने, ‘यदि तत्कालका लागि १३ अर्ब बजारमा आयोभने तरलता समस्या समाधान गर्न केही राहत मिल्ने छ ।’

बैंकहरुले तरलता अभाव भएको भन्दै कर्जा प्रवाह गर्न समेत छाडिसकेका छन् । केही समय यता बैंकहरुले तरलता अभाव भएको भन्दै घरजग्गा कर्जा समेत दिन छाडेका छन् भने अन्य कर्जामा पनि कडाइ गरेका छन् । तरलता अभाव भएसँगै बैंकहरुले उच्च ब्याजदरमा निक्षेप संकलन शुरु गरेका छन् । हाल त्यसको मारमा ऋणीहरु पर्दै आएका छन् ।

पछिल्लो समय व्यवसायीहरुले पनि बैंकहरुले तरलता अभाव देखाउँदै बैंक ब्याजदर उच्च रुपमा बढाएको भन्दै उक्त समस्या समाधान गर्न सरकारलाई आग्रह गर्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शजस्ता निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाले बजारमा देखिएको तरलता समस्या समाधान गर्न प्रधानमन्त्रीलाई नै आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL