काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । पछिल्लो करिव १ हप्तादेखि ओरालो लागिरहेको सुनको मूल्य बिहीबार बुधबारको तुलनामा प्रतितोला १ हजार ३ सयले बढ्दै १ लाख ७४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले उकालो लाग्दै २ हजार २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।