Logo

पुनर्निर्माणका लागि डिएफआइडी नेपालको १४ करोड पाउण्ड सहयोग, ग्रामिण सडक मर्मत गरिदै

पुनर्निर्माणका लागि डिएफआइडी नेपालको १४ करोड पाउण्ड सहयोग, ग्रामिण सडक मर्मत गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडी) भूकम्प पश्चातको पूर्ननिर्माणका लागि १४ करोड ३० लाख पाउण्ड प्रदान गर्ने भएको छ । भूकम्पले विनाश गरेका समुदायहरूलाई शिध्र राहत प्रदान गर्ने उद्देश्यले संयुक्त अधिराज्यले १४ करोड ३० लाख पाउण्ड प्रदान गर्ने प्रतिबद्धता गरेको हो ।

डिएफआइडीले भूकम्प गएलगतै ७ करोड पाउण्ड बराबरको मानवीय सहायता प्रदान गरेको थियो । त्यस्तै नेपाललाई भूकम्प पश्चात थप सुदृढ तवरले पुनर्निर्माण गर्नका लागि नेपाल सरकारसँग भएको डिएफआडीको साझेदारीलाई जोड दिँदै सन् २०१६ मा संयुक्त अधिराज्यले नेपालको पुनर्निर्माण लागि थप७ करोड ३० लाख पाउण्ड रकम प्रदान गर्ने निर्णय गरेको हो ।

यस सहयोग अन्तर्गत भूकम्प गएलगत्तै २१ हजार भन्दा बढी मानिसहरूलाई आपतकालिन वासस्थान, ७० हजारलाई मानिसहरूलाई संक्रमणकालीन वासस्थान, र ५६ हजार भन्दा बढी मानिसलाई खानेपानी तथा सरसफाई सहायता प्रदान गरिएको थियो ।

डिएफआइडी नेपाल पुनर्निर्माणको प्रक्रियामा सबैभन्दा विपन्न र संवेदनशीलवर्गका मानिसहरू पछि नपरून र आवश्यक सबै सहायता र स्रोतहरू पाउन भन्ने सुनिश्चित गर्नका लागि प्रयासरत छ ।

दुर्गम गाउँहरूमा, डिएफआइडी नेपालको सहायताले गाउँहरूलाई महत्वपूर्ण बजारहरूसँग जोड्ने गोरेटो र पुलहरूको पुननिर्माणमा सहयोग पु¥याइरहेको छ ।
यसैक्रममा उत्तरी गोरखामा डिएफआइडीले क्यान्टिललिभर शैलीको चट्टानसँग जोडिएको पुल बनाएको छ । स्थानीय अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा सो पुल बनाएको हो ।

यसले गोरखा जिल्लाको सदरमुकाम र त्यसपश्चात मनास्लु संरक्षण क्षेत्र भित्र प्रवेश गर्न हिँडेका त्यहाँका स्थानीय र पदयात्रीहरूलाई सुरक्षितमार्ग प्रदान गरेको छ । उक्त पुलले १० गाउँविकास समितिका कम्तीमा ८ हजार मानिसहरूलाई फाइदा पु¥याइरहेको बताइएको छ ।

डिएफआइडी नेपालले पानीबाट सर्ने रोगहरूको नियन्त्रण गर्न र पानीजन्य महामारीको सम्भावनालाई न्यूनीकरण गर्नका लागि पानी तथा सरसफाई सम्बन्धित परियोजनाहरूलाई पनि सहायता प्रदान गर्दै आएको डिएफआइडी नेपालका कार्यालय प्रमुख डा. गेल मार्जेट्टीले बताए ।

चारवटा जिल्लामा डिएफआइडी नेपालको सामुदायिक पूर्वाधार पुनर्निर्माणको काम शुरु हुन गइरहेको छ । यसले पाँचवटा ठूला तर छिट्टै प्रतिफल प्राप्त हुने कार्यक्रममा सहयोग गरिरहेको छ त्यसअन्तर्गत २ सय ३८ वटा गाउँस्तरका पानी तथा सरसफाई कार्यक्रमहरूलाई पुनस्र्थापना गर्ने कार्य पर्दछ ।

डिएफआइडी नेपालले स्थानीय पूर्वाधार पुनर्निर्माणमा सहायता प्रदान गरिरहेको छ र यसका लागि नुवाकोट, गोरखा, रसुवा र धादिङमा स्थानीय आवश्यकतामा आधारित रहेर विद्यालय, अस्पताल र प्रहरी चौकी जस्ता सार्वजनिक भवनहरूको संयोजन, योजना र पुनर्निर्माणमा स्थानीय अधिकारीहरूसँग मिलेर काम गर्नका लागि टोलीहरू खटाएको छ ।

डिएफआइडी नेपालले नेपाल सरकारले घर पुनर्निर्माणका लागि दिइरहेको नगद अनुदान कार्यक्रमको लागि ५० लाख पाउण्ड र नेपाल सरकारको आवास क्षेत्र सम्बन्धित आकस्मिक प्राथमिकताहरूका लागि ५० लाख पाउण्ड पनि योगदान गरेको छ । समग्रमा डिएफआइडी नेपालको पुनर्निर्माण कार्यले ४०० किलोमिटर भन्दा बढी लम्बाइका ग्रामीण सडकहरूको मर्मत वा स्तरोन्नति गर्नेछ । ३ लाख व्यक्तिहरूलाई बजारसम्मको पुग्नका लागि र पर्यटन पूर्वाधारमा सुधार ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्