Logo

बर्खास्ती, नियुक्ती अनि पानीमा जनताको लगानी, जो साताका टप ‘हेडलाइन’ बने

बर्खास्ती, नियुक्ती अनि पानीमा जनताको लगानी, जो साताका टप ‘हेडलाइन’ बने


बिजखबर संवाददाता
0
Shares

पुषको अन्तिम साता राजनीतिक, आर्थिक र सामाजिक रुपमा निकै फरक पार्ने तीन ओटा महत्वपूर्ण निर्णय चर्चाको विषय बने । साताको सुरुमै सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतले अयोग्य ठहर गर्दै पदमुक्त गरिदियो । प्रमुखका लागि कार्की अयोग्य भन्दै परेको रिटमा सर्वोच्च अदालतले कार्कीको विपक्षमा निर्णय गरेको हो ।

भूकम्प पछिको पुनर्निमाण लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँगको असन्तुष्टि सरकारले स्पष्टिकरण मार्फत पोख्यो । त्यति मात्र होइन स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई बर्खास्त पनि गरिदियो । साताको अन्त्यमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई नियुक्तीको घोषणा गर्यो।

सरकारले उच्च प्राथमिकतामा राख्दै आएको ‘नेपालको पानी जनताको लगानी’ लाई सार्थकता दिन अनलाईबाट सेयर लगानीको प्रतिबद्धमता पनि यसै साताबाट सुरु भएको छ । अनलाइनबाटै जनताले आफूले चाहेको लगानीको रकम कबुल गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो साता नेपालको सेयर बजारमा ठूलो उत्तरचढाव आएको छ । लगानीकर्ताको चासोको विषयमा रहेको नेपाल लाईफको एफपीओ विक्री खुला तथा स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपीओको मूल्य घोषणा यसै साता हुन पुग्यो । केही समययता ओरालो लाग्दै आएको सेयर कारोवारले यस साता पनि निरन्तरता पाएको छ ।
लामो समयदेखि अन्यौलमा रहेको लक्ष्मी बैंकले पनि यसैसाता बोनस तथा हकप्रद घोषणा गरेको छ । लक्ष्मीले लगानीकर्तालाई उच्च प्रतिफल दिँदै ३८ प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रद सेयर घोषणा गरेको छ ।

साताको अन्तमा सानिमा बैंकले बागमती विकास बैंकलाई खरिदगरी एकिकृत कारोवार शुरु गरेको छ । २०७४ असार मसान्त सम्ममा ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने दौडमा रहेको सो बैंकले ५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्