Logo

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ, अब सवै अनुदान पारदर्शीे हुन्छ : कृषिमन्त्री अधिकारी

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ, अब सवै अनुदान पारदर्शीे हुन्छ : कृषिमन्त्री अधिकारी



काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भएपनि अब यस्को अन्तय भएको बताएका छन् ।

नेपाल उधोग वाणिज्य महासंघको कृषि उधम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अब सवै अनुदान पारदर्शीे हुने र कसले केका लागि कति रकम लिएको हो सवैले थाहा पाउन सक्ने अवस्था वनेको छ ,भने ।

विगत पाँच वर्षमा १ खर्व ५ अर्व रुपैया रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयवाट जाने अनुदान भने अहिले रोकिएको बताए । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सवै क्षेत्रको प्रयास जरुरी रहेको र नीजि क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This