Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य तीन दिनदेखि स्थिर

घट्यो सुनको मूल्य, चाँदीको मूल्य तीन दिनदेखि स्थिर



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य केहि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने पछिल्ला ३ दिनदेखि स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्