काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेललाई नियुक्त गरेको छ । सोमवार बसेको बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको एक मन्त्रीले बताए ।
नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये चूडामणि चापागाईं, नारदकुमार लुँइटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको थियो ।