काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकिङ र बीमा क्षेत्रबाट सब्सिडियारी कम्पनीका रुपमा स्थापित मर्चेन्ट बैंकको अन्डरराइटिङ क्षमता बढाएको छ ।
बोर्डले धितोपत्र सार्वजनिक निष्कासनका क्रममा बैंक तथा बीमा कम्पनीका सहायक कम्पनीमार्फत हुने अन्डरराइटिङको अधिकतम सीमा बढाएको हो ।
हालसम्म यस्ता कम्पनीले आफ्नो नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा जमानीका आधारमा माउ कम्पनीकै नेटवर्थ बराबरको अन्डरराइटिङ गर्न पाउने सुविधा दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।