Logo

ज्ञानेन्द्र राजा हुनलायक छैनन्, राप्रपाले पार्टी सभापति बनाए हुन्छ : सभापति देउवा

ज्ञानेन्द्र राजा हुनलायक छैनन्, राप्रपाले पार्टी सभापति बनाए हुन्छ : सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायक नभएको टिप्पणी गरेका छन् ।

काँग्रेसको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्नेवाला नै नभएको बताउदै उनी राजा हुन लायकको नभएको बताएका छन् ।

सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई बोकेर राप्रपा पछुताउने बताएका छन् । उनले भने भने-‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । अब राप्रपाले पनि दुःख पाउँछ ।’

प्रतिक्रिया दिनुहोस्