Logo

उच्चतम विन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उच्चतम विन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । यसअघि हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घट्दै १९ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्