Logo

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।

आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

चाँदीको भाउ भने सामान्य घटेको छ । आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्