काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो । साथै बैठकले सो पदमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।
पोख्रेल यस अघि प्राधिकरणका सीईओ भइसकेका थिए भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।
सरकारले ज्ञवालीको काम चित्त नबुझेको भन्दै २ पटक स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण दिए थिए ।
तर ज्ञवालीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।