Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्मका सबै रेकर्ड तोड्दै सुनको छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।

सोमबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । उक्त दिनको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्