Logo

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त



काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ ।

माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This