काठमाडौं । सरकारले दीपक थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
आईजीपी वसन्त कुँवर अवकाशमा गएपछि थापालाई नेतृत्व सुम्पिएको हो। हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख रहेका थापा विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।
प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए। ती सबै एकै ब्याचका भए पनि बढुवाको क्रममा थापा एआईजी पदमा वसन्त कुँवरसँगै पुगेका थिए। वरियताका आधारमा उनी पहिलो स्थानमा रहेका कारण आईजीपीमा सिफारिस भएका हुन्।
थापालाई २६ फागुन २०७९ मा एआईजीमा सिफारिस गरिएको थियो। त्यसपछि ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गरेको थियो। थापाको बढुवापछि दुई हप्तापछि मात्र गिरी र तामाङ एआईजी भएका थिए।