काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढ्दै २०५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।