Logo

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, यी हुन् निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, यी हुन् निर्णयहरु



काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। गत फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बैठकमा भएका निर्णयहरू जानकारी गराएका छन्।
यस्ता छन् निर्णयहरु :

–भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र (लेटर अफ एक्सचेन्ज) स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फवाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने।

– जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने।

– क्वालिटी टिभिइटी फर युथ(क्वालिटी) प्रोजेक्ट फेज १ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १.६८ मिलियन स्वीस फ्रैंक (करिव नेपाली रू.२५ करोड ६५ लाख बरावर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेन्ज अफ लेटरमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने।

– विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प (आरआरओ) स्थापना गर्नको लागि उल्लिखित आयोजनाहरूको वित्तीय सम्झौतामा सर्वग्राही संशोधन गर्नेसम्बन्धी सम्झौता स्वीकृत गर्ने र सो सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने।

– २०८१ चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एण्ड लेभरेजिन द ग्लोवल एसएआई नेटवर्क कार्यक्रम र २०८१ चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने आइडिर्आ—एडिबी लिडरसिप फोरम कार्यक्रममा सहभागिताका लागि माननीय महालेखापरीक्षक श्री तोयम रायालाई स्वीकृति प्रदान गर्ने।

– विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनितिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी प्रदान गर्ने।

– २०८१ चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैङ्ककमा सञ्चालन हुने एजुकेसनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेण्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखापरीक्षक श्री बैकुण्ठबहादुर अधिकारीलाई स्वीकृति प्रदान गर्ने।

– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहविच रोयल्टी बाँडफाँटका आधार विधि र हिस्सा स्वीकृत गर्ने।

प्रतिक्रिया दिनुहोस्