Logo

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्