काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपेयाँले घट्दै १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।