Logo

कास्की केन्द्र भएर बिहानै भूकम्प, आसपासका जिल्लामा धक्का महसुस

कास्की केन्द्र भएर बिहानै भूकम्प, आसपासका जिल्लामा धक्का महसुस



काठमाडौं । कास्कीमा आज (मंगलबार) विहानै भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । यो गोरखा भूकम्पको परकम्प नभएको भूकम्पविद अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्